प्रधानन्यायाधीश राणाले ताेके बन्दी प्रत्यक्षीकरणका ६ वटा इजलास

प्रधानन्यायाधीश राणाले ताेके बन्दी प्रत्यक्षीकरणका ६ वटा इजलास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बन्दी प्रत्यक्षीकरणका ६ वटा इजलास गठन गरेका छन् । न्यायाधीशहरुले असन्तुष्टी जनाइरेका बेला प्रधानन्यायाधीश राणाले आजका लागि बन्दी प्रत्यक्षीकरणका लागि ६ वटा इजलास गठन गरेका हुन् ।

यसअघि आइतबार न्यायाधीशहरूको बैठकले सपना मल्ल प्रधान, अनिल सिन्हा र मनोज शर्मा सम्मिलित वार्ता टोली गठन गरेको थियो ।

यसअघि गत सातादेखि न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका थिए । यसअघि न्यायाधीशहरूको हिजो सम्पन्न बैठकले बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्ने निर्णय गरेको थियो ।

इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरू आइतबारको छलफलपछि आजबाट बन्दी प्रत्येक्षीकरणबारेका मुद्दा हेर्न सकारात्मक रहेको बताइएको छ । आजका लागि १० जना न्यायाधीशका लागि इजलास तोकिएको छ ।