बिराटनगर – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । नेतृ कोइरालाले गृह जिल्ला मोरङ पुगेर पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
उनले सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस इतर समूहमा सबै मिलेर एउटा मात्रै उम्मेदवार बनाउने अवस्था नआएकोले आफूले पनि सभापतिमा उम्मेदवारी घोषणा गरेको बताइन् । पार्टीको १४ औं महाधिवेशनमा धेरै उम्मेदवार हुने भएकोले महिला उम्मेदवार पनि हुनुपर्ने मान्यता अनुसार पनि उम्मेदवारी घोषणा गरेको बताइन् ।
कोइराला परिवारका महामन्त्री शशांक कोइराला, शेखर कोइरालालगायत तीनै जनाले उम्म्मेदवारी दिनेबारे सञ्चारकर्मीको प्रश्नमा उनले आफू एक जना मात्रै महिला उम्मेदवार हुने भएकोले दुवै जनाले समर्थन गर्ने विश्वास व्यक्त गरिन् ।




प्रतिक्रिया