सर्वोच्चका आन्दोलनरत न्यायाधीशहरु छलफलमा

सर्वोच्चका आन्दोलनरत न्यायाधीशहरु छलफलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतका न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् । सोमबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले बन्दी प्रत्यक्षीकरणको मुद्दामा इजालस तोकेपछि उनीहरु छलफलमा जुटेका हुन् ।

प्रधानन्यायाधीश राणाले १० जना न्यायाधीशलाई ४ वटा संयुक्त र २ वटा एकल इजलास तोकेका छन् । आइतबार मात्रै प्रधानन्यायाधीशले १७ जना न्यायाधीशहरूको छलफलमा न्यायाधीश मनोज शर्मामार्फत आफूले सम्मानजनक बहिर्गमन चाहेको सन्देश पठाएका थिए ।

राणाको उक्त प्रस्तावबारे बुझ्न न्यायाधीशत्रय अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई जिम्मा दिइएको थियो ।उनीहरूले सोमबारका लागि प्रधानन्यायाधीश जबरालाई आफ्ना लागि पेसी नतोक्न र बाँकी न्यायाधीशका लागि पनि बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्र पेसी तोक्न आग्रह गरेका थिए ।

सोहीअनुसार प्रधानन्यायाधीश राणाले आफूलाई इजलास नतोकेर बाँकी न्यायाधीशलाई बन्दी प्रत्यक्षीकरणको मात्रै इ मात्रै इजलास तोकेका छन् ।