राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन गठबन्धनले हस्ताक्षर संकलन सुरु गर्‍यो

राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन गठबन्धनले हस्ताक्षर संकलन सुरु गर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ गठबन्धनले राजेन्द्र राईलाई प्रदेश नम्बर १ को मुख्यमन्त्री बनाउन हस्ताक्षर संकलन सुरु गरेका छन् ।

सोमबार गठबन्धनका सांसदहरुले नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर संकलन सुरु गरेका हुन् ।

मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिने बताएपछि गठबन्धनले नयाँ सरकार निर्माणका लागि प्रक्रिया अगाडि बढाएको हो । मुख्यमन्त्री आचार्यले प्रदेशसभामा राजीनामा दिने चर्चासँगै गठबन्धनले राईलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर सुरु गरेको छ ।

९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेसँग ४१ सांसद छन् । सभामुख र एक जना फरार अभियुक्त रहेकोले मुख्यमन्त्री आचार्यको पक्षमा ३९ मत मात्र प्राप्त हुने अवस्था छ । प्रदेशसभामा बहुमतका लगि ४७ सांसदको समर्थन आवश्यक पर्छ । विपक्षी गठबन्धनसँग ५० जना सांसद छन् ।

गठबन्धनमा रहेको कांग्रेससँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकीकृत समाजवादीसँग १०, जसपासँग ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सांसद छन् । एक जना सांसद रहेको राप्रपा दुवै पक्षमा खुलेको छैन ।