कर्णालीको नयाँ मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त

कर्णालीको नयाँ मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेशमा जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका छन् । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मंगलबार साँझ शाहीलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

पूर्वसहिमतिअनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार साँझ पदबाट राजीनामा दिएपछि नेपाली कांग्रेस संसदीय दलका नेता शाहीले मंगलबार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा दाबी पेश गरेका थिए ।

महेन्द्रबहादुरको राजीनामासँगै जीवनबहादुर मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो । गत वैशाख ३ मा विश्वासको मत लिने क्रममा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र तत्कालिन नेकपा एमाले माधवकुमार नेपाल समूहबीच आलोपालोको आधारमा सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार शाही मुख्यमन्त्री नियुक्त भएका हुन् ।