देउवा र प्रचण्डले एमसीसीलाई ‘गोप्य पत्र’ पठाएको खुलासा, भीम रावलले साेधे प्रचण्डको हैसियत

देउवा र प्रचण्डले एमसीसीलाई ‘गोप्य पत्र’ पठाएको खुलासा, भीम रावलले साेधे प्रचण्डको हैसियत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई पठाएको गोप्य पत्र सार्वजनिक गर्न माग गरेका छन् ।

एमसीसीको खरो विरोध गर्दै आइरहेका नेता रावलले सामाजिक सञ्जालमार्फत एमसीसी पास गर्ने भनि पत्र पठाइनु राष्ट्रघात रहेको भनेका छन् ।स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी कोप–२६ सम्मेलनमा सहभागी भएर फर्कने क्रममा प्रधानमन्त्री देउवाले प्रचण्ड र आफूले एमसीसी पास गर्छौ भनेर पत्र पठाइसकेको खुलासा गरेका थिए ।

एमसीसीजस्तो विषयमा गोप्य पत्राचार देशघात भएको उल्लेख गर्दै नेता रावलले प्रचण्डको हैसियत समेत सोधेका छन् । उनले लेखेका छन्, ‘बेलायतमा जलवायु सम्मेलनमा भाग लिई फर्किनासाथ प्रमं देउवाले एमसीसी पारित गराउने भनी आफु र प्रचण्डले पत्र पठाइसकेको खुलासा गर्नुभयो।राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरून्त सार्वजनिक गरियोस्।यस्तो विषयमा गोप्य पत्राचार देशघात हो । प्रचण्डको पत्र के हैसियतले पठाइयो ?’