प्रतिष्पर्धीलाई देउवाको सुझावः सर्वसम्मतिमा सभापति बनाउनुस्, जित–हारमा दुश्मनी नबढोस्

प्रतिष्पर्धीलाई देउवाको सुझावः सर्वसम्मतिमा सभापति बनाउनुस्, जित–हारमा दुश्मनी नबढोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन तोकिएको समयमै हुने स्पष्ट पारेका छन् ।

शुक्रबार भक्तपुरमा तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसको पार्टी महाधिवेशन समयमै हुने दाबी गरेका हुन् ।

 प्रधानमन्त्री देउवाले पार्टी महाधिवेशन स्वस्थ रुपमा हुनुपर्ने भन्दै जित र हारले पार्टी भित्र दुश्मनी बढाउन नहुने बताए ।

‘अहिले पार्टी अधिवेशन आउँदै छ, यसमा देशभरबाट सर्वसम्मतिमा सभापति बनाउनुस्, हुँदै हुँदैन भने स्वस्थ प्रतिष्पर्धाबाट सभापति बनाउनुस्, त्यसमा जित हार हुन्छ, हार्नेले जित्नेको सहयोग र जित्नेले हार्नेको सहयोग दिनुपर्ने हुन्छ, र जित हारमा दुश्मनी नबढोस्, पार्टी भित्रको मामिला हुनाले जित हारमा दुश्मनी नबढोस् ।’

प्रतिस्पर्धा गर्दा जित–हार हुने भन्दै उनले दुष्मनी ब ढाउन नहुने पनि बताए। जित्नेले हार्नेको सहयोग लिने र हार्नेले जितेकालाई साथ दिनुपर्ने पनि देउवाले बताए ।

उनले भने, ‘त्यस्तो अधिवेशन हुनुपर्छ, जसले जे भनेपनि कुरा नपत्याउनुस्, अधिवेशन समयमा हुन्छ, हुन्छ, अब अधिवेशन पार्टी सभापतिको हातमा छैन, निर्वाचन समितिको हातमा छ, मैले चाहेर पनि हुँदैन, मैले भनेर पनि हुँदैन,अधिवेशनको तयारीमा लाग्नुहोला ।’

कांग्रेसको १४ औँ महाधिवेशन ​आगामी मंसिर २४ देखि २६ गतेसम्म काठमाण्डुमा हुँदैछ ।