झण्डै चार महीनादेखि सानेपामा रौतहटका कांग्रेस नेता–कार्यकर्ताको अनसन

झण्डै चार महीनादेखि सानेपामा रौतहटका कांग्रेस नेता–कार्यकर्ताको अनसन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस पार्टी कार्यालयमा झण्डै चार महीनादेखि रौतहटका कांग्रेस नेता–कार्यकर्ताको अनसन जारी छ ।

धाँधलीपूर्ण रुपमा क्रियाशील सदस्यता सूची केन्द्रमा पठाइएको भन्दै रौतहटका कांग्रेसका नेता–कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय सानेपामा १०७ दिनदेखि अनसन बसेका हुन् ।

रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ मा क्रियाशील सदस्यता विवाद सुल्झिन नसक्दा आज शनिबार तिहारका दिन पनि १२ जना नेता कार्यकर्ताले अनशनलाई निरन्तरता दिएका हुन् ।

ऋाज रौतहट कांग्रेसका कोषाध्यक्ष राम श्रेष्ठ साहसहित महासमिति सदस्य डा. देवचन्द्र मिश्र, पूर्व स्वास्थ्यराज्यमन्त्री ब्रजकिशोर सिंह, महाधिवेशन प्रतिनिधि उदय यावदलगायत अनसन बसेका छन् । कांग्रेसको विधानसम्मत क्रियाशील सदस्यता वितरण हुनुपर्ने माग राख्दै विगत १०७ दिनदेखि उनीहरु अनशनरत छन् ।

क्रियाशील सदस्यता विवादकै कारण कांग्रेसले रसुवा र रौतहट जिल्लाको क्रियाशील सदस्यता नामावली अझै सार्वजनिक गरेको छैन । क्रियाशील सदस्यता विवाद कायमै रहेकाले रौतहट र रसुवाको अधिवेशन प्रक्रिया अन्यौलमा परेको छ ।

बाँकी जिल्लामा अधिवेशन प्रक्रिया अगाडि बढिसकेको छ । कांग्रेसले वडा अधिवेशन नभएका जिल्लामा कात्तिक २७ देखि अधिवेशन प्रक्रिया सुरु गर्ने जनाएको छ ।