सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही आफू मुख्यमन्त्री भएको ६ दिन बित्दा समेत मन्त्रीमण्डल बिस्तार गर्न सकेका छैनन् । माओवादी केन्द्रमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग गत बैशाख महिनामा भएको सहमतिअनुसार यही कात्तिक १५ गते मुख्यमन्त्री शाही कर्णाली प्रदेशको मुख्यमन्त्री भएका थिए ।
माओवादी केन्द्रका १२, कांग्रेसका ६ जना र नेकपा(एकिकृत समाजवादी)का ३ जना सांसदहरुले समर्थनमा शाही मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री भएकै दिन मन्त्रिपरिषद् विस्तार हुने अनुमान गरिएको भएपनि शाहीले राती साढे आठ बजे एक्लै मुख्यमन्त्रीको सपथग्रहण गरेका थिए ।
मुख्यमन्त्री शाहीले मुख्यमन्त्रीसहित २ मन्त्रालय आफुसँग राख्न चाहेका छन् । माओवादीले सबैभन्दा ठुलो दल भएका कारणले ४ मन्त्रालयको माग गरेको छ भने नेकपा (एकिकृत समाजवादी)ले ३ मन्त्रालयको माग गरेको छ ।
कर्णालीमा ४० प्रदेशसभा सदस्य भएका कारणले ८ जनाभन्दा बढी मन्त्रिमण्डलको विस्तार गर्न नपाउने तर, सत्ता गठबन्धनका दलहरुले मन्त्रालयको माग बढी गरेका कारणले मन्त्रिमण्डल विस्तार हुन ढिलो भएको हो ।
मुख्यमन्त्री शाहीले माओवादीलाई ३ मन्त्रालय, एकिकृत समाजवादीलाई २ मन्त्रालय र आफुसँग मुख्यमन्त्रीसहित २ मन्त्रालय माग गरेका कारणले सरकार विस्तार ढिलाई भएको एकिकृत समाजवादीका एक सांसदले बताए ।
माओवादी केन्द्रका सांसद बिन्दमान विष्टले तिहार लागेकाले यसबीचमा मन्त्रिमण्डल विस्तारबारे छलफल हुन नसकेको बताए । उनले आजबाट नै छलफल अगाडि बढाएर मन्त्रिमण्डल विस्तारको बाटो खुल्ने बताए ।
‘मुख्यमन्त्रीजीले शपथ लिएसगत्तै तिहार लागिहाल्यो । अब आजबाट छलफल अगाडि बढ्छ,’ उनले भने ।




प्रतिक्रिया