राप्रपाको ६५ जिल्लामा अधिवेशन सम्पन्न

राप्रपाको ६५ जिल्लामा अधिवेशन सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टीले ६५ जिल्लामा पार्टीको अधिवेशन सम्पन्न गरेको छ । महाधिवेशनको तयारीमा रहेको राप्रपाले धमाधम जिल्ला अधिवेशन सम्पन्न गरेको हो ।

राप्रपाका नेता मोहन श्रेष्ठका अनुसार कात्तिक २३ गतेभित्र जिल्ला अधिवेशन सक्नुपर्ने भएकाले धमाधम जिल्ला अधिवेशन गरिएको हो ।
आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाण्डुमा हुन लागेको पार्टीले केन्द्रीय महाधिवेशनका लागि कार्तिक २३ भित्र जिल्ला अधिवेशन सक्नुपर्ने केन्द्रीय निर्वाचन समितिलाई बाध्यता छ ।

पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ । यसअघि क्षेत्रीय तथा स्थानीय समितिबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था थियो । प्रदेश र क्षेत्रीय समितिका अध्यक्ष, महानगर, उपमहानगर, नगर र गाउँपालिकाका अध्यक्ष पदेन सदस्यका रूपमा महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था छ ।