काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले आफ्नो इजलास तोकेका छन् । प्रधानन्यायाधीश जबराले झण्डै दुई सातापछि आफ्नो पनि इजलास तोकेका हुन् ।
उनले आफू र न्यायाधीश कुमार चुडाल रहेको संयुक्त पूर्ण इजलास तोकेका छन् । राणाले दुईवटा बन्दी प्रत्यक्षीकरणका रिट तोकेका छन् ।
सोमबार ६ वटा इजलास तोकिएको छ । जसमा दुईवटा एकल इजलास र चारवटा संयुक्त इजलास छन् । सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा माग्दै १५ दिनदेखि आन्दोलन गरिरहेका छन् ।




प्रतिक्रिया