प्रधानसेनापति शर्मा भोलि भारत जाँदै

प्रधानसेनापति शर्मा भोलि भारत जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन् । भारतका सेनाध्यक्ष मनोज मुकुन्द (एमएम) नरवणेको औपचारिक निमन्त्रणामा प्रधानसेनापति शर्मा भोलि (मंगलबार) भारत जान लागेका हुन् ।

उनी इन्डोनेसियाद्वारा निर्मित आफ्नै कासा विमानमा मंगलबार बिहानै दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । प्रधानसेनापति शर्माले कात्तिक २३ देखि कात्तिक २६ गतेसम्म भारतको भ्रमण गर्नेछन् ।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले बुधबार भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्जा ग्रहण गर्ने सम्भावना छ । दुई देशबीच एकले अर्काेलाई यस्तो सम्मान गर्ने परम्परा लामो समयदेखि जारी छ ।

भारतको औपचारिक भ्रमण सकेर प्रधान सेनापतिको टोली कात्तिक २६ गते स्वदेश फर्किनेछ । प्रधानसेनापति शर्माको भ्रमण टोलीमा बढीमा १५ सदस्य हुनेछन् ।