काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरूले आज पनि कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् ।
तिहार अघिबाट नेपाल बारको नेतृत्वमा सर्वोच्च अदालत बार एसोसिएसन, विभिन्न कानुन व्यवसायी संघसंस्थाले संयुक्त रूपमा कालोपट्टी बाँधेर सुरु गरेको विरोध प्रदर्शनलाई आजबाट पुन निरन्तरता दिएका हुन् ।
आज बारबाट सर्वोच्च अदालत प्राङगणमा पुगेर एक घण्टा धर्ना दिने कार्यक्रम छ । वरोध प्रदर्शनलाई निरन्तरता दिएसँगै बारेले नयाँ कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।
प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधमा उत्रिएको हो ।
बारको यही कात्तिक १२ गते बसेको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समयसीमा दिने निर्णय गरेको थियो । जबराले भने अहिलेसम्म पनि राजीनामा दिएका छैनन् ।
प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने भन्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आइरहेका छन् ।




प्रतिक्रिया