न्यायापालिकाको विवादबारे बोले गृहमन्त्री खाड

न्यायापालिकाको विवादबारे बोले गृहमन्त्री खाड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री बालकृष्ण खाडले न्यायालयमा देखिएको विवाद चाँडै समाधान हुनुपर्ने बताएका छन् ।

सोमबार कार्यकर्ता भेला तथा सुरक्षा समितिको बैठकमा सहभागी हुनका लागि जनकपुर पुगेका गृहमन्त्री खाडले न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको बताउँदै न्यायापालिकामा देखिएको समस्या छिटो समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

‘न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको छ र स्वतन्त्रतापूर्वक काम गरिरहेको छ । हाल न्यायापालिकामा देखिएको समस्यालाई छिटोभन्दा छिटो समाधान हुनुपर्ने सरकारको चाहना रहेको छ,’ उनले भने ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरु १५ दिनदेखि आन्दोलनमा छन् । न्यायालयको विवादबारे राजनीतिक दलहरु मौन बसेको चर्को आलोचना भइरहेका बेला गृहमन्त्रीको यस्तो भनाई सार्वजनिक भएको हो ।

साथै गृहमन्त्री खाडले अहिले रहेको सुरक्षा व्यवस्थालाई थप सुधार गर्न तथा नेपाली नागरिकको कुनै पनि स्थानमा स्वतन्त्रता पूर्वक बाँच्न पाउनुपर्ने अधिकारलाई सुनिश्चितताका लागि सरकार प्रयत्नशील रहेको बताएका छन् ।