काठमाण्डु – नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले न्यायपालिकामा विकृति मौलाउन खोजेको आरोप लगाएका छन् ।
न्यायाधीशहरुको आन्दोलनकाबीच जबराले आजको पेसीमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा पेसीमा चढाउनुका साथै आफ्नै लागि पनि इजलास तोकेपछि अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले आफुहरुले शान्तिपूर्ण आन्दोलन चाहेको बताए । ‘राजनीतिक व्यवस्था परिवर्तनका लागि बारका साथीहरू हिजो घाइते भएका छन । मरेका छन्,’ उनले भने, ‘अहिलेको आन्दोलनमा भोलि त्यो अवस्था आउन सक्छ । तर, अहिले नै हामी त्यो आउन दिनु हुँदैन भन्नेमा छौं ।
आन्दोलन सुरु भएपछि यसअघि जबराले बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै पेसी तोक्दै आएका थिए । जबराले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दासहित पेसी तोक्नु निभ्न लागेको बत्ती जस्तै भएको बताए ।
‘यो ठाउँबाट उहाँ हट्नुहुन्छ । तर, केही दिन निभ्न लागेको बत्ती जसरी बल्छ नि त्यही ढंगबाट गर्न खोजेको हुनसक्छ,’ उनले भने ।




प्रतिक्रिया