जनकपुरधाम – गृहमन्त्री बालकृष्ण खाँडले प्रतिनिधिसभाको अवरोध हटाउन नेकपा एमालेलाई आग्रह गरेका छन् । मंगलबार जनकपुरधाम स्थित जानकी मन्दिरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै गृहमन्त्री खाँडले संसदको अवरोध अन्त्य गर्न आग्रह गरेका हुन् ।
उनले संसदमा रहेको अवरोधलाई छलफल र संवादबाट हटाउन सरकार तयार रहेको बताए । ‘सदन जनताको समस्या, गुनासो राख्ने थलो हो । संसदको अवरोधलाई छलफल र संवाद मार्फत समाधान गर्न सरकार तयार छ,’ उनले भने ।
उनले राष्ट्रिय राजनीतिक मुलधारमा नआएका पार्टीहरुसंग संवाद तथा छलफल मार्फत राजनीतिक मुलधारमा ल्याउने काम सइरहेको समेत बताए ।
सोमबार सुरक्षा समितीको बैठकमा सहभागी हुन आएका गृहमन्त्री खाँडले अबेर रातिसम्म चलेको प्रदेश सुरक्षा समितिको बैठकमा आन्तरिक र बाहिरी चुनौती संवदेनशीलता बढ्दै गईरहेकोले यस विषयमा छलफल भएको उनले जानकारी दिए ।




प्रतिक्रिया