काठमाण्डु – नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन काठमाण्डुमा गर्ने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीको पुस ११ गतेदेखि १३ गतेसम्म हुने तय भएको राष्ट्रिय सम्मेलन काठमाण्डुमा गर्ने निर्णय गरेको हो ।
यसअघि समय निश्चित गरिएको भएपनि ठाउँ तय भएको थिएन । त्यस्तै बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
उनले प्रदेश पदाधिकारीहरुको सम्बन्धमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेशका केन्द्रीय कमिटी सदस्यहरुसँग परामर्श गरी टुंगो लगाउने निर्णय गरिएको जानकारी दिए ।
बैठकले पाँच दलीय गठबन्धन समन्वय समितिमा पार्टीको तर्फबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने समेत निर्णय गरेको छ ।




प्रतिक्रिया