काठमाण्डु – नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयका सेनानी (मेजर) अशोकजंग शाहीमाथि आक्रमण गर्ने नविन रावल लगाएतकाे टाेलीले चक्कु प्रहार गरि एक जना युवककाे हत्या गरेका छन् ।
कैलालीको लम्कीचुहा नगरपालिका -१ का २२ वर्षीय भुपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले नविन रावल महेश रावलसहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक इन्सपेक्टर राम बहादुर बोहोराले बताए ।
चक्कु प्रहार गर्ने चिसापानी संगम होटलका सञ्चालक हर्कबहादुर रावलका छाेरा नविन रावल महेश रावलसहित ५ जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक इन्सपेक्टर बाेहाेराले जानकारी दिए।
उनका अनुसार दुई समूहबीच झडप हुँदा घटना घटेको हो। टीकापुरस्थित कृषि हाट बजार नजिकै बडुवाललाई तीन-चार जनाको समूहले लखेट्दै चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। घटनाबारे सुदूरपश्चिम प्रदेश प्रहरी, जिल्ला र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ।
गत आइतबार राति ११ बजेतिर मेजर शाहीले प्रदेश ०१–००२६च ३४६१ नम्बरको गाडी लिएर चिसापानी बजार पुगेका थिए । चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावलका छाेरा लगायतले मेजर शाहीकाे गाडि ताेडफाेड गरेका थिए। रावलका छाेरा लगायतले आक्रमण गर्दा मेजर शाहीको टाउकाेमा चोटसमेत लागेको थियो । अहिले टाउकोमा १६ वटा टाँका लगाउनु परेको मेजर शाहीले बताए ।
युवकको हत्या भएपछि बुधबार बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ।




प्रतिक्रिया