काठमाण्डु – सिन्धुलीको सदरमुकाममा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रलाई आज बिहान ११ बजेदेखि राति १२ बजेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिएकाे हो ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले सदरमुकामस्थित पार्क भएको स्थानमा विवाद भएकाले निषेधाज्ञा लगाउनु परेको जानकारी दिए ।
‘शान्ती सुरक्षालाई कायम राख्नका लागि निषेधाज्ञा लगाइएको हो । पार्कको एरियामा विवाद भयो त्यसैले उक्त एरियामा मात्र निषेधाज्ञा लगाइएको हो, अन्यन्त्र होइन,’ सिडिओ न्यौपानेले काठमाण्डुपाटीसँग भने ।
सिन्धुली सदरमुकाममा आयोजित एक कार्यक्रममा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल सहभागी कार्यक्रममा विवाद भएपछि प्रशासनले सम्भावित दुर्घटना राेक्न निषेधाज्ञा जारी गरेको बताइएको छ ।




प्रतिक्रिया