डडेलधुरामा एमालेमा पहिरो, जिल्ला अध्यक्षसहितको टोली एकीकृत समाजवादीमा समाहित

डडेलधुरामा एमालेमा पहिरो, जिल्ला अध्यक्षसहितको टोली एकीकृत समाजवादीमा समाहित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले डडेलधुराका तत्कालीन जिल्ला अध्यक्ष तारा जोशीसहितको टोली नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले डडेलधुरा पुगेर अध्यक्ष जोशीसहितको टोली एकीकृत समाजवादी पार्टीमा समाहित भएको हो ।

एमालेको ५१ सदस्यीय जिल्ला कमिटीका पदाधिकारीसहित दुईतिहाई सदस्य समाजवादीमा समाहित भएका हुन्। १४ जना भातृ संगठन प्रमुखको टीम समेत समाजवादीमा समाहित भएको अध्यक्ष जोशीले बताए ।

सुदूरपश्चिममा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति विपरीत गतिविधि गराउन थालेपछि डडेलधुरामा नेकपा एमाले विभाजन भएको जोशीसँगै समाजवादीमा प्रवेश गरेका नेताहरुको भनाइ छ ।

प्रेस चैतारी नेपाल, अनेम संघ, युवा संघ लगायतका १४ भातृ संगठनका प्रमुखसहित बहुमत सदस्य पनि समाजवादीमा सामेल भएका छन् ।