काठमाण्डु – प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामाकरण आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
बुधबार नेकपा ( एकीकृत समाजवादी) ईटहरी उपमहानगर कमिटीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेशको नामाकरणमा आफ्नो पहिलो प्राथमिकता रहेको बताएका हुन् ।
उनले प्रदेशको नामको सन्दर्भमा संसदको लगभग ४ बर्ष अलमलिएर बितेको बताउँदै अब जनतालाई अलमलाई रहने र अमुक दल वा सांसदहरुलाई अपजसको भारी बोकाउने कुनै अनुमती नरहेको बताए ।
‘प्रदेशको नामको सन्दर्भमा संसदको लगभग ४ बर्ष अलमलिएर बित्यो । त्यो, अपजसको कति प्रतिशत हिस्सा हाम्रो भागमा पर्छ त्यो हामी पनि लिन्छौं । तर, अब जनतालाई अलमलाई रहने र अमुक दल वा सांसदहरु लाई अपजसको भारी बोकाउने हामीलाई कुनै अनुमती छैन । यो सरकारले प्रदेशको नाम दिन्छ,’ मुख्यमन्त्री राईले भने ।




प्रतिक्रिया