एमसीसी परियोजना फिर्ता लैजान अमेरिकालाई वामदेवको आग्रह

एमसीसी परियोजना फिर्ता लैजान अमेरिकालाई वामदेवको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय सभा सांसद वामदेव गौतमले अमेरिकालाई एमसिसी परियोजना फिर्ता लैजान आग्रह गरेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै नेकपा एकता राष्ट्रिय अभियानका संयोजक समेत रहेका नेता गौतमले एमसीसी सम्झौताले नेपालका छिमेकी मुलुकहरूसँग सम्बन्ध बिग्रने पो हो कि भन्ने शंका व्यक्त भइरहेको भन्दै उक्त सम्झौता फिर्ता लैजान आग्रह गरेका हुन् ।

‘यो सम्झौताले नेपालका छिमेकी मुलुकहरूसँग सम्बन्ध बिग्रने पो हो कि भन्ने शंका व्यक्त भइरहेको देखिन्छ । सम्झौता कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको छ । उपरोक्त अवस्थालाई मध्यनजर गर्दै अहिले आएको एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको छ,’ गौतमद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

अहिलेको सरकार र संसद दुवैले एमसीसी अनुमोदन गर्न नसक्ने पनि गौतमको भनाइ छ । ‘नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद रहेको छ, नेपाल सरकारले र संसद्ले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न,’ उनले भनेका छन्, ‘यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकार समक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’

‘यो अवस्थालाई मध्यनजर गर्दै एकपक्षीयरूपमा भए पनि मित्र राष्ट्र संयुक्त राज्य अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रवर्द्धन गर्न विनम्र अनुरोध गर्दछु,’ उनको आग्रह छ ।