सेनामा २ सहायकरथी र ७ महासेनानी उपरथी र सहायकरथीमा बढुवा सिफारीस

सेनामा २ सहायकरथी र ७ महासेनानी उपरथी र सहायकरथीमा बढुवा सिफारीस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाका दुई सहायकरथी र ७ महासेनानी उपरथीमा बढुवा सिफारिस भएका छन् । सैनिक मुख्यालयले उनिहरुको बढुवाको लागी सात दिने सूचना समेत प्रकाशित गरेको छ ।

नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले उनिहरुको नाम बढुवाका लागी सिफारीस गरेको हो । मन्त्रिपरिषदको बैठकले बढुवाबारे निर्णय गर्नेछ ।

सेनाको उपरथीमा बढुवा सिफारिस हुनेमा सहायकरथीहरु प्रदीपजंग केसी र योगराज शर्मा रहेका छन् । हाल केसी मध्य कमाण्ड हेडक्वार्टर पोखरा भने शर्मा पश्चिम कमाण्ड हेडक्वार्टरमा कार्यरत छन् ।

सहायकरथीमा महासेनानीहरु भोलानाथ थापा, विष्णुकुमार खड्का, कृष्णप्रसाद भण्डारी,प्रकाशराज थापा, भुवन खत्री,ज्योतिन्द्र महत र मनोजकुमार सिलवाल बढुवाका लागी सिफारीस भएका छन् ।