काठमाण्डु – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बोलाएको बैठकमा नजान न्याय परिषदका सदस्यहरुलाई आग्रह गरेको छ । बारका महासचिव लिलामणि पौडेलले पत्र लखेर परिषद्का सदस्यहरुलाई बैठकको अवज्ञा गरेर सहयोग गरिदिन आग्रह गरेका हुन् । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै नेपाल बारले चरणबद्ध रुपमा आन्दोलन गरिरहेको छ ।
‘न्यायिक जगत मात्र नभई आमा नागरिक समेतको विश्वास गुमाएका प्रधानन्यायाधीशले न्याय परिषद्को बैठक डाकी थप विकृति, विसंगतिजन्य कार्य गर्ने, गर्न लगाउने टड्कारो आंशका रहेकाले नीजले डोकेको न्याय परिषद् बैठकमा उपस्थित नभई अवज्ञा गर्न र विकृति, विसंगति, बिचौलिया, भ्रष्टाचारमुक्त न्यायपालिका बनाउने नेबाएको अभियानमा सहयोग पुर्याइदिन अनुरोध गरिन्छ,’ महासचिव पौडेले लेखेको पत्रमा उल्लेख छ ।





प्रतिक्रिया