सर्वोच्चमा प्रहरी र कानुन व्यवसायीबीच झडप, बारका महासचिव घाइते

सर्वोच्चमा प्रहरी र कानुन व्यवसायीबीच झडप, बारका महासचिव घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालत परिसरमा प्रहरी र कानुन व्यवसायीबीच झडप भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको राजीनामा माग्दै चरणबद्ध आन्दोलन गर्दै आइरहेका न्यायाधीहरु सर्वोच्च अदालत परिसरमा छिर्ने क्रममा प्रहरी र कानुन व्यवसायीबीच झडप भएको हो । कानुन व्यवसायीको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि झडपको अवस्था सिर्जना भएको थियो ।

उक्त झडपमा प्रहरीको लठ्ठी प्रहारबाट नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेल घाइते भएका छन् । उनको नाकमा चोट लागेको अधिवक्ता टिकाराम भट्टराईले बताए । अहिले सर्वोच्चभित्रै कानुन व्यवसायीले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे’, प्रहरी हस्तक्षेप बन्द गर, भन्दै नाराबाजी गरिरहेका छन् ।

प्रधानन्यायाधीशको भूमिकालाई लिएर न्यायाधीशहरू चरणबद्ध आन्दोलनमा छन् । न्यायाधीशहरूको आन्दोलनकाबीच प्रधानन्यायाधीशले आज आफ्नो सहित ९ इजलास तोकेका छन् । यता न्यायाधीशहरूले भने बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा नहेर्ने निर्णय गरेका छन् ।