काठमाण्डु – नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बर्खास्त गर्नुपर्ने बताएका छन् । उनले शान्तीपूर्ण प्रदर्शनमा प्रधानन्यायाधीशको आदेशमा प्रहरी हस्तक्षप भएको आरोप लगाएका छन् ।
प्रधानन्यायधीशको राजिनामा माग गर्दै बारले चरणबद्ध आन्दोलन गरिरहेको छ । आन्दोलनरत कानुन व्यवसायीहरुले आज सर्वोच्च अदालत परिसरमै प्रधानन्यायाधीश जबराविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । अदालत परिसरमा धर्ना दिन पुगेका कानुन व्यवसायीहरुले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे !’ भन्दै नाराबाजी गरेका हुन् ।
प्रहरी हस्तक्षेपपछिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अहिले न्यायालय भ्रष्टाचारमा व्याप्त रहेको र त्यसको नेतृत्व प्रधानन्यायाधीश जबराले गरेको आरोप लगाएका हुन् । श्रेष्ठले भने, ‘हामीले यसअघि राजीनामा देउ भन्दै आएका थियौँ । अब पदच्युत गरौँ ।’ कात्तिक १४ गतेदेखि शान्तिपूर्ण रूपमा प्रर्दशन गर्दै आए पनि प्रधानन्यायाधीशको निर्देशनमा प्रहरी हस्तक्षेप गराइएको श्रेष्ठले बताए ।




प्रतिक्रिया