मुल्यवृद्धि फिर्ताको माग गर्दै विप्लव समूहद्धारा चरणबद्ध आन्दोलनको घोषणा

मुल्यवृद्धि फिर्ताको माग गर्दै विप्लव समूहद्धारा चरणबद्ध आन्दोलनको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

पछिल्लो समय पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा मूल्यवृद्धि गरेको भन्दै मुल्य वृद्धि फिर्ता लिन माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । पार्टीका महासचिव विप्लवले आज वक्तव्य जारी गर्दै आन्दोलनका कार्यक्रमबारे जानकारी गराएका हुन् ।

२५ कात्तिकमा दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, २६ कात्तिकमा प्रचार प्रसार र साँझ मसाल जुलुस, २७ कात्तिकमा देशव्यापी प्रदर्शन, २८ कात्तिकमा विहान १० देखि ११ बजेसम्म चक्काजाम, २९ कात्तिकमा सिठ्ठी जुलुस, साँझ मसाल जुलुस र ३० कात्तिकमा नेपाल बन्दको घोषणा गरेको हो । विप्लवले तत्काल मूल्यवृद्धि फिर्ता लिन आव्हान समेत गरेका छन् ।