काठमाण्डु – प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा बिहीबार भएको एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् ।
राष्ट्रपति भण्डारीले सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, कर्णालीका तिलक परियार र प्रदेश १ का परशुराम खापुङलाई शपथ गराएकी हुन् ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालगायत विशिष्टि व्यक्तिहरु उपस्थित थिए ।




प्रतिक्रिया