काठमाण्डु – सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुबीच झडप भएको छ । शुक्रबार नेपाल बार एशोशिएशनले सर्वोच्चमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरालाई प्रवेश निषेध गर्ने निर्णय गरेको छ ।
सोही बमोजिम जुलुससहिहत सर्वोच्च परिसर पुगेका कानुन व्यवसायीका पक्ष र विपक्षबीच झडप भएको हो । प्रहरीले केहीलाई पक्राउ गरेको छ । प्रधानन्यायधीशलाई सर्वोच्च परिसरमा रोक लगाउने बारको निर्णयसँगै सर्वोच्च परिसरमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रहरीले सर्वोच्च छिर्ने मुल गेटलगायत अन्य सहायक गेटहरु पनि बन्द गरेको छ । सम्भावित झडपलाई रोक्न बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको हो ।




प्रतिक्रिया