काठमाण्डु – नेपाल बार एशोशिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च छिर्न नदिने निर्णय गरेसँगै मूल गेटमा ताला लागेको छ । बारले बिहीबारको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि बारले आज जबरालाई प्रवेश गर्न नदिने निर्णय गरेको हो ।
अहिले कानुन व्यवसायीहरुले सर्वोच्चको मूल गेटमा धर्ना दिएका छन् । उनीहरुले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन मूल गेटमै धर्ना दिएका हुन् । कानुन व्यवसायीहरुले गेटमा धर्ना दिएपछि १९ जना न्यायाधीशहरु वैकल्पिक गेटबाट सर्वोच्च परिसरमा प्रवेश गरेका छन् ।
प्रधानन्यायाधीश जबरा बाहेकका न्यायाधीशहरु महान्यायाधिवक्ता कार्यालयतर्फको गेटबाट अदालत प्रवेश गरेका हुन् । यता नेपाल बारका पदाधिकारीले प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिए उनका ‘कर्तुतहरू’ संयुक्त राष्ट्रसंघसम्म पु¥याउने चेतावनी समेत दिएका छन् ।
नेपाल बारका महासचिव लिलामणि पौडेलले भने, ‘इमान भए उहाँले राजीनामा दिनुहुन्छ । नभए हामी संयुक्त राष्ट्र संघसम्म पुग्न बाध्य हुने छौँ ।’




प्रतिक्रिया