विप्लव माओवादी केन्द्रमा आउनुहुन्छ, उहाँलाई अंकमाल गर्ने प्रतिक्षामा छुः प्रचण्ड

विप्लव माओवादी केन्द्रमा आउनुहुन्छ, उहाँलाई अंकमाल गर्ने प्रतिक्षामा छुः प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादी केन्द्रमै फर्कने विश्वास व्यक्त गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक्लै क्रान्ति गर्छु भन्दा बढी क्षेती हुने बताए ।

उनले एकजुट भएमात्र नेपाली क्रान्तिलाई मौलिक तरिकाले अघि लान सकिने दाबी गरे । अध्यक्ष प्रचण्डले पार्टी विभाजन गरी बाहिरिएका मोहन वैद्य र बाबुराम भट्टराईसँग पनि एकताबारे छलफल भइरहेको बताए ।

‘विप्लव पनि ढिलोचाँडो आउनुहुन्छ । अलग भएर होइन, एक ठाउँ भई नेपाली क्रान्तिलाई मौलिक तरिकाले अघि लान सकिन्छ । ‘एक्लै क्रान्ति गर्छु भन्दा क्षति मात्रै हुन्छ । विप्लवलाई अंकमाल गर्ने प्रतिक्षामा छु,’ उनले भने ।