काठमाण्डु – कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।
पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु आन्दोलनमा उत्रिएपछि न्यायालयका समस्या समाधानका लागि आग्रह गर्दै कानुनमन्त्री बडुले भेटेर प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराएका हुन् ।
सत्तारुढ दल नेपाली कांग्रेसनिकट कानुन व्यवसायी, सांसदहरु, महान्यायाधिवक्ता तथा सर्वोच्च बारका पदाधिकारीसमक्ष कानुनमन्त्री बडुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही अनुरुप शुक्रबार बिहान बडु बालुवाटार पुगेका थिए ।
आन्दोलनका क्रममा हालसम्म कुनै निकास निस्कन नसकेको र न्यायालय झन् विवादित हुँदै गएपछि मन्त्री बडुले विकसित पछिल्लो परिस्थितिको बारेमा बिहीबार छलफल गरेका थिए ।




प्रतिक्रिया