काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालय हेरफेर भएको छ । जोखबहादुर महरा लुम्बिनी प्रदेशको सहइन्चार्ज भएपछि युवा नेता रमेश मल्ललाई प्रचण्डको प्रमुख स्वकीय सचिव बनाइएको हो ।
माओवादी केन्द्रीय सदस्य तथा अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्ष मल्ल यसअघि प्रचण्ड प्रधानमन्त्री भएको बेला पनि स्वकीय सचिव थिए ।
प्रचण्डको स्वकीय सचिव गंगा दाहाल यथावत रहनेछिन् भने प्रेस संयोजक रहेका विष्णु सापकोटालाई प्रेस संगठनको काममा लगाइने भएको छ ।




प्रतिक्रिया