नेकपा एस कम्युनिष्ट चरित्रको हुन्छ : माधव नेपाल

नेकपा एस कम्युनिष्ट चरित्रको हुन्छ : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सामाजिक न्यायसहितको समाजवाद नै आफुहरुको मुख्य एजेण्डा भएको बताएका छन् । शनिबार समाजवादी प्रेस संगठन नेपालको घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा एस कम्युनिष्ट चरित्रको हुने दाबी गरे ।

उनले भने ‘हाम्रो पार्टी कम्युनिष्ट चरित्रको हुनेछ, हामी यसलाई व्यवहारमा देखाउँछौ, कम्युनिष्टहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ । योसँगै हामी दक्षिणपन्थ र प्रतिगमन विरुद्धको लडाई लडिरहेका छौं ।’ उनले पत्रकारहरुलाई निष्पक्ष भएर कलम चलाउन आग्रह गरे। ‘देशमा विभिन्न किसिमका भ्रष्टाचार, शोषण उत्पीडन र विकृति विसंगति मौलाइरहेको छ पत्रकारहरुले ति सबैखाले विकृति विसंगितविरुद्ध कलम चलाउनुपर्छ ।’