काठमाण्डु – नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु भएको छ । केहिबेर अघिबाट ललितपुरस्थित हेरिटेज गार्डेनमा बैठक सुरु भएको हो । आइतबारसम्म चल्ने यस बैठकका एजेण्डा शुक्रबार नै स्थायी कमिटीबाट तय भइसकेका छन् ।
उपमहासचिव गंगालाल तुलाधरका अनुसार आज केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई शपथ गराइनेछ भने संघीय सरकारका क्रियाकलापका बारेमा पार्टीबाट मन्त्री बनेकासँग जानकारी लिइने छ ।
त्यस्तै, प्रदेश १ र बागमतीका मुख्यमन्त्रीबाट आगामी कार्ययोजना पेस हुनेछ । आइतबार केन्द्रीय सचिवालय र कार्यालयबाट भएका कामको अनुमोदन हुनेछ । बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्षले दिने कार्यसूची छ ।
शुक्रबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटीको आठौं बैठकले केन्द्रीय कमिटीमा पेस गर्ने एजेन्डा तय गरेको थियो ।




प्रतिक्रिया