काठमाण्डु – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीमा मौलाएको अहंकारवादको धुजा–धुजा केलाएर खण्डन गर्न आह्वान गरेका छन् ।
शनिबारदेखि काठमाण्डुमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले ओलीले गुट मात्रै चलाएकाले दुईतिहाई बहुमत गुमेको दाबी गरे । उनले सत्ता गठबन्धनलाई वडा र गाउँ तहसम्म लैजानुपर्ने धारणा समेत राखे। खनालले कम्युनिष्ट पार्टीको स्थापना भएपछि जनवादी क्रान्तिको थालनी भएको स्पष्ट पारे।
‘स्वरुपमा जति धेरै जनवाद जन्मिएपनि सारतः सबै जनताको बहुदलीय जनवाद हो। जबज भनेको पुजिवाँदी जनवादको एउटा रुप हो। जनवादको उपयोग गर्दै समाजवादी क्रान्तिको कार्यदिशा पूरा गर्नुपर्छ।’




प्रतिक्रिया