शनिबार थपिए २९५ कोरोना संक्रमित,२ जनाको मृत्यु

शनिबार थपिए २९५ कोरोना संक्रमित,२ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  पछिल्लो २४ घण्टामा नेपालमा थप २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २४ घण्टामा पीसीआर विधिबाट २६० र एन्टिजेन विधिबाट ३५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १६ हजार ६७५ र एन्टिजेनबाट ९५ हजार ७२ जना पुगेको छ ।

यस्तै, आज थप ४७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । याेससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९७ हजार ९२६ जना पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४७१ पुगेको छ ।