महोत्तरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महोत्तरी आउने कार्यक्रम आज स्थगित भएको छ । अध्यक्ष प्रचण्डको स्वास्थ्यमा समस्या देखिएपछि कार्यक्रम स्थगित गरिएको माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।
आज महोत्तरीको रामगोपालपुरमा अध्यक्ष प्रचण्डले आमसभालाई सम्बोधन गर्दै ७ वटा वडाको स्वास्थ्य भवन एकसाथ उद्घाटन गर्ने कार्यक्रम थियो । ‘अध्यक्ष प्रचण्डको स्वास्थ्यमा अचानक समस्या देखिएपछि प्रदेश कमिटीको निर्देशन बमोजिम कार्यक्रम स्थगित गरेका छौं,’ माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले भने ।




प्रतिक्रिया