काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंखया मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार देशभर गरिएको ८ हजार ८ पिसिआर परिक्षणका क्रममा २ सय ९१ जना र १ हजार ५ सय ९८ एन्टीजेन परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १२ हजार ५३ पुगेको छ । त्यस्तै नेपालमा ७ हजार २ सय १५ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेनटाइनमा रहेका छन् । आज थप
सय ४८ संक्रमित निको भएका छन् भने हालसम्म नेपालमा निको हुने संक्रमितको संख्या ७ लाख ९८ हजार २ सय ७४ पुगेको छ । त्यस्तै आज कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा ११ हजार ४ सय ७७ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया