काठमाण्डु – गृह मन्त्रालयले नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डिआईजी)को सरुवा गरेको छ । प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरका अनुसार डिआईजीत्रय मुकुन्द आचार्य, प्रकाश अधिकारी र वसन्त लामाको सरुवा गरिएको हो ।
कार्य सम्पादनमा अति नै कमजोर रहेको भन्दै लुम्बिनी प्रदेश प्रमुख आचार्यलाई हटाएर उनको ठाउँमा अधिकारीलाई पठाइएको छ । यसअघि अधिकारी प्रहरी प्रधान कार्यालय मातहत प्रबन्ध शाखामा थिए । अधिकारीको ठाउँमा डिआईजी लामाको सरुवा भएको छ ।
लामा यसअघि प्रहरी महानिरीक्षकको सचिवलायमा कार्यरत थिए । लुम्बिनी प्रदेशका डिआईजी आचार्यको लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरमा सरुवा भएको छ । आचार्यलाई डीआईजीको दरबन्दी नै नभएको ठाउँमा सरुवा गरिएको हो । आचार्य समयाअवधि नसकिँदै ब्यूरोमा तानिएका हुन् ।




प्रतिक्रिया