काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा आइतबारदेखि कर्णाली प्रदेशको भ्रमणमा छन् । हिजो आइतबार सुर्खेतस्थित पश्चिम कमाण्ड मुख्यालयको निरीक्षण भ्रमण गरेका प्रधानसेनापति शर्मा आज पनि सुर्खेत मै छन् ।
कमाण्ड मुख्यालय निरीक्षणको क्रममा उनले फौज तैनाथीको अवस्था, जिम्मेवारी इलाकामा कमाण्ड अवधारणाको समयसीमासहित कार्यान्वयन योजना, प्रदेशहरुसँगको समन्वय तथा सामूहिक तालिम सञ्चालनको अवस्थालगायतका विषयमा जानकारी लिएका नेपाली सेनाले जनाएको छ ।
प्रधानसेनापति शर्माले हिजै कर्णालीका प्रदेशप्रमुख तथा मुख्यमन्त्रीसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल गरेका छन् । मंगलबारसम्म कर्णाली प्रदेशमै व्यस्त हुने शर्माले आज कालिकोटस्थित समशेर गुल्म, हुम्लास्थित बराहदल गुल्म र मुगुस्थित श्रीबक्स गुल्मको निरीक्षण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।
भोलि जुम्लास्थित नम्बर २४ बाहिनी अड्डा र डोल्पास्थित रामवाण गुल्मको निरीक्षण भ्रमण गरेपछि उनी काठमाण्डु फर्किनेछन् ।




प्रतिक्रिया