भारतको ७३ औं गणतन्त्र दिवसमा प्रधानमन्त्री देउवा प्रमुख अतिथि बन्ने

भारतको ७३ औं गणतन्त्र दिवसमा प्रधानमन्त्री देउवा प्रमुख अतिथि बन्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री शेरबहादुर देउवा भारतको ७३ औं गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथि बन्ने भएका छन् । भारतले जनवरी २६ मा मनाउन लागेको गणतन्त्र दिवसमा देउवालाई प्रमुख अतिथि बनाउने तयारी भएको हो ।

भारतले गणतन्त्र दिवसका दिन दक्षिण एसियाका धेरै देशका सरकार प्रमुखलाई बोलाउने तयारी गरेको इन्डियन एक्सप्रेसले जनाएको छ । यसअघि सन् २०२० मा ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई भारतले प्रमुख अतिथि बनाएको थियो ।

इन्डियन एक्सप्रेसका अनुसार भारतको राजधानी नयां दिल्लीमा आयोजना हुने मुख्य परेडको अतिथिका लागी नेपालसहित बंगलादेश, भुटान, श्रीलंका र म्यान्मारका सरकार प्रमुख बोलाउने तयारी भएको हो ।

नेपालबाट सन् १९५१ मा राजा त्रिभुवन र सन् १९९९ मा राजा विरेन्द्रलाई भारतले गणतन्त्र दिवसको प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेको थियो । यसपटक देउवालाई प्रमुख अतिथि बनाउने निश्चित भएको कूटनीतिक स्रोतको दावी छ ।