काठमाण्डु – सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्ने बाटो खुलेको छ। सोमबार सर्वोच्चको नियमावली संशोधन सम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएपछि गोलाप्रथाबाट दैनिक पेशी तोक्ने कानुनी आधार तयार भएको हो । पेशी तोक्ने अधिकार प्रधानन्यायाधीशको स्वविवेकी अधिकारको रुपमा रहँदै आएको थियो ।
सर्वोच्च अदालत नियमावली २०७४ संशोधन गरेर गोलाप्रथाबाट पेशी तोकिने भएपछि उक्त अधिकार कटौती भएको छ । मंसिर २ गते सर्वोच्चका १८ जना न्यायाधीशको बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासमक्ष पेश गरेका गरेका थिए ।
प्रधानन्यायाधीशको अध्यक्षमा बसेको फुलकोर्टको बैठकले नियमावली संशोधन गर्नुपर्ने भए पनि राजीनामा माग्दै आन्दोलन गरिरहेका न्यायाधीशहरुले उनीसँग फुलकोर्ट बैठकमा बस्न अस्वीकार गर्दै सामूहिक निर्णय गरेर पठाएका थिए ।




प्रतिक्रिया