नेपाली सेनालाई भारतीय सेनाले गर्‍यो ५ वटा वर्कसप ट्रक सहयोग

नेपाली सेनालाई भारतीय सेनाले गर्‍यो ५ वटा वर्कसप ट्रक सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय सेनाद्वारा नेपाली सेनालाई सहयोग स्वरुप उपलब्ध गराएको ५ वटा वर्कसप ट्रक हस्तान्तरण गरेको छ । बिहीबार जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच भारतीय सेनाका कर्णेल अमित शर्माले हतियार तथा नियन्‍त्रित उपकरण व्यवस्था निर्देशनालयका निमित्त निर्देशक सहायक रथी कृष्णदेव भट्टलाई वर्कसप ट्रकहरू हस्तान्तरण गरेका हुन्।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो । यस किसिमको सहयोगले दुई देशबीचको सैनिक सम्बन्ध थप मजबुद एवं प्रगाढ हुनुका साथै नेपाली सेनाको अप्रेशनल क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।

२०७५ मंसिर २८ गते काठमाण्डुमा सम्पन्न भएको नेपाल-भारत द्विपक्षीय परामर्श समूह (NIBCGSI) को १३ औं बैठकमा उक्त सहमती भएको थियो ।