प्रधानमन्त्री र आन्दोलनरत कानुन व्यवसायीहरुबीच छलफल सुरु

प्रधानमन्त्री र आन्दोलनरत कानुन व्यवसायीहरुबीच छलफल सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायीहरु र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल सुरु भएको छ । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री देउवा र आन्दोलनरत कानून व्यवसायीहरुबीचकाे भेटवार्तामा प्रधानन्यायाधीश जबराको राजीनामाको विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

उक्त छलफलमा नेपाल बार एशोसिएसनका पदाधिकरीका साथै आन्दोलनरत कानून व्यवसायीहरु समेत सहभागि भएका छन् । पछिल्लो पटक सर्वोच्च अदालतको नियमावली संशोधन गरेर १५ मंसिरदेखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय भएको छ । नेपाल बारले जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने अडान लिएको छ ।