देशभर चिसो बढ्यो, आज पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

देशभर चिसो बढ्यो, आज पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ।

बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेकाले प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा बदली र तराईमा तुवाँलो लागेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

पछिल्ला दिनमा काठमाण्डु उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा काठमाण्डुको न्यूनतम तापक्रम ८.८ डिग्रीसेल्सियसमा झरेको छ । सबैभन्दा कम तापक्रम माइनस २.८ डिग्री रहेकाे छ ।

शनिबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भूभागमा बदली रहनेछ भने ती क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ । राति प्रदेश १ र बागमतीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।