टेक खाती, काठमाण्डु – डडेल्धुराको परशुराम नगरपालिका वडा नं ३ की वडा सदस्य राजमती ऐरमाथि दुर्व्यवहार भएको आरोप लागेको छ । नेकपा माओवादी केन्द्र परशुराम नगर कमिटी अध्यक्ष शेर सिंह माल (डायमण्ड) ले दुव्र्यवहार गरेको पीडित महिलाले जानकारी दिइन् । शुक्रबार शिर्षबाट जोगबुडा जाने क्रममा परशुराम नगरपालिका वडा नं ४ र १२ जोड्ने रङ्गुन पुल नजिक बीच बाटोमा दुर्व्यवहार भएको हो ।
आफन्तको मोटरसाइकलमा जोगबुडा आइरहेकी उनीमाथि अध्यक्ष मालले काँ जान लागेको, तिमीमाथि मेरो लगानी छ, जति सहयोग गर्दा पनि भएन, अब बोरामा हालेर बगाउनु शिवाय अरु केही छैन भन्दै आफन्तको मोटरसाइकल वाट उतारी गालीगलौज सहित हातपात गरेको वडा सदस्य ऐरले जानकारी दिइन् ।
ऐर २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र वाट वडा नं ३ को महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् । बिहीबार नवनिर्वाचित नेपाली काँग्रेस जिल्ला कार्यसमितिको बधाई तथा शुभकामना कार्यक्रम जोगबुडामा आयोजना गरिएको थियो । ऐर नेपाली काँग्रेस पार्टीमा प्रवेश गर्न जोगबुडा जान लागेको शंका लागेर मालले उनीमाथि हातपात र गालीगलौज गरेको बुझिएको छ।
पिडीतका अनुसार के थियो घटना
पीडित ऐरले आफू जोगबुडा अस्पताल दाँत दुखेर उपचार गराउन गएको बताइन् । त्यही दिन कांग्रेसको कार्यक्रम पनि आयोजना गरिएको थियो । कांग्रेसमा जाँदैछ भनेर दुर्व्यवहार गरेको बताउँदै ऐरले भनिन्, “हामीले कतै जाँदै नपाइने बोल्नै नपाईने हाम्रो पछि पछि लागिरहेने , हाम्रो केहि अधिकार छैन, उनले भनिन् । आफु नगर अधिवेशन छोडेर कँही नजाने पनि उनले डायमण्डलाई जानकारी गराएको बताइन् ।
राजमतीका अनुसार डायमण्डले उनीलाई जबरजस्ती मोटरसाइकलबाट उतारेर गालीगलौज गरेका थिए । ‘‘मेरो पाखुरा समातेर उतारे । मेरो सुइटरको टाँक समेत टुट्यो । ‘ रंगुन पुलमा पुगेका बेला मेरो छातीमा समायो, र कहाँ जान लागेको मेरो तिमी माथि कति लगानी लागेको छ, मैले चुनावमा टिकट दिए, कहाँ जाँदैछस् भनेर तथानाम गाली गरे’ उनले दुखेसो गर्दै भनिन्, ‘म बिचारी एकल महिला, उनले मलाई एक्लो भनेर त्यस्तो गरेका हुन् ।’’
काँग्रेसको कार्यक्रममा जाने, पार्टी प्रवेश हुने, भनेर डायमण्डले भन्दा आफूले पार्टी प्रवेश हुनका लागि नभई म अस्पताल जानका लागि गएकी हुँ किन तपाई यस्तो गर्दै हुनुहुन्छ भन्दा डायमण्डले कटाल स्थित आफ्नो पसलमा ल्याएर आफुलाई पसल भित्र राखेर म नआउँदासम्म त्यहाबाट कँही पनि नजानु भनेर भनेको बताइन् ।
डायमण्डको डरले म कँही पनि जाँदैन भनेर पसलमै बसिरहेको र डायमण्ड निस्किएपछि आफू भाँगेर घर फर्किएको उनले बताइन् । शुक्रबार आफू अस्पताल जाने कामले मात्रै जोगबुडा गएको उनले बताइन् । हाम्रो गाउँका जान्ने सुन्ने भोलीको दिनमा समस्या पर्दा चाहिने नेता डायमण्ड नै हुन् भनेर आफुहरु उनको मुख हेरेर बाँचिरहेकोले पनि पार्टी प्रवेश गर्ने कुनै चाहाना नभएको सुनाईन् ।
अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले आफुमाथी गरेको दुर्वव्यबहारको सञ्चार माध्यमबाट प्रचार गर्ने र त्यहिबाट न्याय मिल्ने बताइन् ।
अध्यक्ष माल
यता नगर कमिटी अध्यक्ष शेर सिंह मालले भने सबै आरोपहरु झुट भएको बताएका छन् । उनले गालीगलौज र हातपातका आरोप सबै झुट रहेको प्रतिक्रिया दिएका छन् । उनले ती महिलासँग आफ्नो भेट नभएको जिकिर गरे ।




प्रतिक्रिया