१५ बर्षीय विद्यार्थीले गोली प्रहार गर्दा ३ जनाको मृत्यु

१५ बर्षीय विद्यार्थीले गोली प्रहार गर्दा ३ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाको एउटा विद्यालयमा गोली प्रहार भएको छ । देशको ओक्ल्याण्ड काउन्ट्रीअन्तर्गत पर्ने मिचिगनमा रहेको अक्सफोर्ट उच्च माध्यामिक विद्यालयमा भएको उक्त गोली प्रहारमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ ।  विद्यालयका १५ बर्षीय एक विद्यार्थीले गोली प्रहार गर्दा किशोरावस्थाका तीन जनाको मृत्यु भएको हो भने अरु आठ जना घाइते भएका हुन ।

]गोली प्रहारको घटना भएलगत्तै ती किशोरलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अमेरिकामा विद्यालयमा गोली प्रहारका घटना बेला बेलामा भइरहने गरेको अधिकारीहरुले जनाएका छन् । घाइते भएका मध्ये एक जना शिक्षक रहेका छन् ।