एजेन्सी – साउदी अरबमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएको छ । साउदीमा बुधबार पहिलोपटक उक्त भेरियन्ट फेला परेको हो । संक्रमण रोकथामलाई कडा प्रतिबन्धहरु लागू गरिरहँदा साउदीमा निकै संक्रामक मानिएको भेरिएन्ट पुष्टि भएको जनाइएको ।
उत्तर अफ्रिकी मुलुकबाट रियाद पुगेका साउदी अरबका नागरिकमा संक्रमण पुष्टि भएको थियो र उनलाई अहिले आइसोलेसनमा राखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया