बेइजिङ ओलम्पिक कूटनीतिक रुपमा बहिस्कार गर्ने अमेरिकाकाे घाेषणा

बेइजिङ ओलम्पिक कूटनीतिक रुपमा बहिस्कार गर्ने अमेरिकाकाे घाेषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकाले चीनको राजधानी बेइजिङमा हुने हिउँदे ओलिम्पिकलाई कूटनीतिक रूपमा बहिस्कार गर्ने घोषणा गरेको छ । चीनमा मानव अधिकार उल्लंघनमा घटनामा बृद्धि भएकाे अ‌ाराेप लगाउँदै चीनले हिउँदे अ‌ाेलम्पिकलाई बहिस्कारकाे घाेषणा गरेकाे हाे । तर, अमेरिकी खेलाडी भने साे प्रतियोगितामा सहभागी हुने सरकारले जनाएकाे छ ।

चीनले सिन्जियाङका अल्पसंख्यक मुसलमानको दमन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ । हङकङको राजनीतिक स्वतन्त्रतामा दमन गरेको पनि अमेरिकाले चीनमाथि अ‌ाराेप लगाउँदै अ‌ाएकाे छ ।

एक महिनाअघि मात्र अमेरिकी राष्ट्रपति जो बाइडनले शीतकालीन ओलिम्पिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए। चीनमा भइरहेका मानव अधिकार हनन र दुर्व्यवहारका घटनाको विरोधमा अमेरिकाले कूटनीतिक तरिकाले बेइजिङ ओलम्पिक बहिस्कार गर्नुपर्ने डेमोक्र्याटिक र रिपब्लिकन नेताहरुले बताउँदै आएका थिए ।

बेइजिङ ओलम्पिक आगामी ४ फेब्रुवरीदेखि सुरु हुँदैछ ।